एनएमसीले अनुमति विनै कोषमा जम्मा गरेको ७ सय रकम सदस्यको खातामा फिर्ता गर्ने

बिर्तामोड । एनएमसीले सदस्यको अनुमति विनै कोषमा जम्मा गरेको ७ सय रुपैयाँ सदस्यको खातामा फिर्ता गर्ने भएको छ । आज बसेको आकस्मिक बैठकले सदस्य कल्याणकारी योजनामा जम्मा गरेको सदस्यको बचत फिर्ता गर्ने निर्णय गरेको हो । एनएमसीले सदस्यहरुको दवावका कारण २४ घण्टा नवित्दै कमजोरी सच्याएको छ ।


संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको जानकारी दिनुभयो । साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत बताइएको छ ।

एनएमसीले एक विज्ञप्ति जारी गर्दै वितेको ७ वर्षमा सदस्यहरुलाई ११ करोड ३३ लाख ४८ हजार ९९८ रुपैयाँ प्रदान गरेको जनाएको छ ।


यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय