इक्साको उपचारमा युथ अफ खुदुनाबारीद्वारा १ लाख ८५ हजार भन्दाबढी रकम संकलन

बिर्तामोड । हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बूको उपचारकालागि युथ अफ खुदुनाबारी संस्थाको सहजिकरणमा १ लाख ८५ हजार भन्दाबढी रकम संकलन भएको छ ।


घाइते लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतामा उपचार भइरहेको छ । अस्पतालले उपचारमा ६, ७ लाख भन्दाबढी खर्च लाग्ने बताएपछि सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको संस्था युथ अफ खुदुनाबारीले उपचार रकम संकलनमा सहजिकरण गरेको संस्थाका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले हालसम्म बिभिन्न व्यक्ति, संस्था तथा दाताहरुबाट १ लाख ८५ हजार ७ सय ६ रुपैयाँ सहयोग रकम संकलन भएको बताउनुभयो । रकम संकलनकालागि अभियान संचालन नगरिए पनि विगतमा संस्थाले गरेका सामाजिक कामहरुबाट प्रभावित भएका दाताहरुले युथ अफ खुदुनाबारीलाई नै सहयोग रकम पठाउन थालेपनि आफुहरुले बिरामीको साहयताकालागि सहजिकरणको काम गरेको सिटौलाले बताउनुभयो ।


उहाँले पहिलो चरणमा संकलन भएको ६७ हजार नगद अस्पतालमा पुगेर बिरामी र आफन्तलाई हस्तनान्तरण गरिएको पनि जानकारी दिनुभयो ।

दोस्रो चरण अन्तर्गत संकलन गरिएको १ लाख १८ हजार नगद भने हस्तनान्तरण गर्न बाँकी रहेको उहाँको भनाई छ । खबरखेतिसंग कुराकनी गर्दै सिटौलाले भन्नुभयो-“बिरामीको बैक खाता खोलेर बैंकमा नै रकम जम्मा गर्ने तयारी भइरहेको छ ।” बैंकमा रकम जम्मा गर्दा हिसाब समेत पारदर्शी हुने भएकाले दाताहरुलाई समेत सहज हुने उहाँले बताउनुभयो ।

“बिरामीको अवस्था हेर्दा अस्पतालबाट चाँडौ डिस्चार्ज गर्ने स्थिति छैन्, डिस्चार्जपछि पनि लामो समयसम्म उपचार प्रक्रिया चल्न सक्ने चिकित्सकले बताएका छन्, घर वा अन्य स्वास्थ्य संस्था लगेर थप उपचार गर्न सकिने चिकित्सकको सुझाव भएतापनि बहिनिको बायाँ पट्टिको कामनमा गम्भिर चोट छ, छिन्न लागेको कान अप्रेशन मार्फत जोडिएको छ तर अस्पताल बाहिर लगेर ड्रेसिङ गर्ने अवस्था समेत छैन्, हातको पनि अवस्था त्यस्तै छ”-सिटौलाले भन्नुभयो । उहाँले अस्पतालबाट घर लैजाँदा थप जोखिम हुने भएकाले केही समय अझै अस्पतालनै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

हालसम्म उनको उपचारकालागि ५ लाख भन्दाबढी रकम खर्च भएको सिटौलाले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा बिरामीको साथमा ठुलो बुबा धनबहादुर लिम्बु र दिदि रहेका छन् । केही बर्ष अघि बुबाको मृत्यु भएको र आमाले समेत छाडेपछि अहिले उनी हजुरआमा र ठूलो बुबाको संरक्षणमा हुर्कीएको सिटौलाले जानकारी दिनुभयो ।

युथ अफ खुदुनाबारी संस्थाको सहजिकरणमा इक्सा लिम्बुको उपचारको लागि पहिलो चरणमा प्रसन्न गिरीले २ हजार, एलिसा बुढाथोकीले आँठ हजार, रूपा चौधरीले पँच्चिस हजार, सर्मिला चौहानले २ हजार, नवराज गौतमले पाँच हजार, आसिष गिरीले पाँच हजार र अर्जुनधारा नगरपालिकाको कार्यालयबाट बिस हजार नगद संकलन भएको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो चरणमा चन्द्र जबेगुबाट छ हजार, देव लिम्बूबाट दुई हजार एक सय, लक्ष्मि सुवेदी चापागाँईबाट दुई हजार, मोना लिम्बूबाट दश हजार, बिधुर तिम्सिनाबाट पाँच हजार, गोपाल अधिकारीबाट पाँच हजार, दिवश राईबाट बिस हजार पाँच सय, टि.आर राईबाट पँच्चिस हजार, भिम बहादुर थापाबाट सात हजार दुई सय तिस, पर्वत फागोबाट पाँच सय, प्रसान्त नेम्वाङबाट एक हजार, आर.बि खड्काबाट एघार हजार एक सय एघार, सन्दिप पैडेलबाट दुई हजार, ३६ जना सशस्त्र प्रहरी जवानबाट एक्काईस हजार दुई सय पैसठी रुपैयाँ रकम संकलन भएको अध्यक्ष सिटौलाले बताउनुभयो ।

गत असार २० गते बेलुका हात्तीको आक्रमणबाट घाइते लिम्बूको छातीको एउटा करङ भाँचिएको, दायाँ हातको पाता खुस्किएको र हड्डी चोइटिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
0
+1
1
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय