साउन १ देखि कनकाईमा सुर्तिजन्य पदार्थ विक्री गर्न नपाइने

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले भोली (साउन १) देखि सुर्तिजन्य पदार्थको विक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्दैछ । नगर कार्यपालिकाले गत जेठ १७ गते उक्त निर्णय गरेको थियो ।


साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको विक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको थियो ।

नगरवासीलाइर्ए विक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ ।


कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गरेको निर्णयको पलना गर्न आग्रह गरेका छन् । उनले सुर्तिजन्य पदार्थको प्रयोगले घातक रोगको संक्रमण हुने भन्दै सबैलाई निर्णय कार्यान्वनयमा सहयोग गर्न आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय