बिर्तामोड-५ को वडा सचिवको जिम्मेवारी नगरपालिकाको कर्मचारीलाई दिइने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ को वडा सचिवको जिम्मेवारी नगरपालिकाको कर्मचारीलाई दिने भएको छ । तत्कालिन वडा सचिव विमल पोखरेलको कार्य शैलीप्रति वडाध्यक्षले असन्तुष्टि जनाएपछि वडा सचिवको रुपमा नगरपालिकाले अर्को कर्मचारी पठाउन लागेको हो ।


अर्को विकल्प तयार नभइञ्जेल नगरपालिकाको कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने तयारी भएको निमित्त प्रशासकीय अधिकृत तिलचन भण्डारीले जानकारी दिनुभयो ।

पोखरेल कार्यालय समयमा नआउने, कार्यालय समयभरि नबस्ने र अधिकांश समय बिदा बस्ने गर्दा वडाबासीको काममा समस्या भएको भन्दै वडाध्यक्ष रोहित प्रसाईले असन्तुष्टि जनाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय