२१० औँ भानु जयन्तीको अवसरमा चार श्रष्टा सम्मानित

मेचीनगर । काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले यसवर्षको भानु प्रतिभा पुरस्कार मेचीनगरका विभिन्न विधाका चारजना श्रष्टालाई प्रदान गरेको छ । मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले खेलकुदको माध्यमबाट झापाहित सिङ्गो नेपालकै नाम अन्तर्राष्ट्रियक्षेत्रमा चिनाउन सफल भएको भन्दैं उहाँले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद २१ हजार राशिसहित सम्मान पत्रसहितको प्रतिभा पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो ।


त्यस्तै सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै भूमिका फ्याक लिम्बूलाई पनि भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी लिम्बुलाई नगद ११ हजार रुपैयाँसहितको सम्मान-पत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठान अन्तर्गत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रवद्र्धनतर्फ पञ्चेबाजा तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६लाई पुरस्कृतसहित सम्मान गरिएको थियो। सवैलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिएको थियो । लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।


सम्मानित एवं पुरस्कृत सवैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल, विशिष्ट अतिथि उप्रेती, संविधानसभा सदस्य रविन कोइराला लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय