नेपाल पाकिस्तान ए संग ४ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।


नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो ।


नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो ।

जितसँगै पाकिस्तान ए समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय