पाकिस्तान विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ए विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।


कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ ।

यो समाचार तयार पार्दसम्म नेपालले पहिलो ओभरको समाप्तिमा १४ रन बनाएर उत्कृष्ट सुरुवात गरेको छ । पहलो ओभरमा नेपालले ३ चौका प्रहरसहित १४ रन बनाएको हो ।


खेलमा पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् ।

नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको छ ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय