काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस चितवनको दासढुंगामा दुर्घटना

बिर्तामोड । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस आज बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ ।


४० जना यात्रु बोकेको बस दासढुंगास्थित मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ ।


रुखले अड्काएकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुरका अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
4
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय