स्वर्णपुरुष सन्तकुमार बान्तवा राई स्मृति ग्रन्थको विमोचन

स्वर्णपुरुष सन्तकुमार बान्तवा राई स्मृति ग्रन्थ झापाको कमलमा बुधबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।राजनीतिक,सामाजिक ब्यक्तित्व स्वर्गीय बान्तवाको स्मृति ग्रन्थ कमलको रोडस्टार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।


किरात राई यायोक्खा झापाका संस्थापक अध्यक्ष सन्त कुमार वान्तवाको स्मृति ग्रन्थको विमोचन समारोह कार्यक्रमका प्रमख अतिथि चुलाचुली आवासीय माध्यमिक विधालय दमकका संस्थापक फाउण्डर,शैक्षिकअगुवा मनोज कुमार साम्पाङ राईले बान्तवाको स्मृति ग्रन्थ विमोचन गर्नुभयो ।

श्रीमती कृष्ण कुमारी राई, कमल कुमार ,गणेश र भिष्म राई परिवारले आयोजना गरेको स्मृति ग्रन्थ विमोचन कार्यक्रम विमोचनपछि बोल्दै मनोजले सन्त कुमार राजनीतिक,सामाजिक र राई समुदायको उत्थान क्रियाशील अगुवा रहेको बताउनु भयो । आफनो जाती समुदायको शैक्षिक उत्थान र संगठन विस्तारको लागि बान्तवा सक्रिय नेता रहेको उहाँले बताउनुभयो ।


कार्यक्रमका विशेष अतिथि राष्ट्रिय विमा संस्थानका पूर्व महाप्रवन्धक खेम वरालले बहुमुखी क्षेत्रमा क्रियाशील ब्यक्तित्व सन्तकुमार आफनो समकक्षी रहेको चर्चा गर्दै उहाँले देखाएको वाटो सबैले अनुशरण गर्न पर्ने बताउनु भयो । संविधान सभाका सदस्य विश्वदीप लिङदेन,साहित्कार सुमित्रा वाङदेन चेली ,किरात राई यायोक्खा झापा सचिव सुशन राई र स्थानिय सामाजिक अगुवा दिलिप राईले स्वर्गीय वान्तवाको योगदानको चर्चा गर्नुभएको थियो ।

अर्जुन राईको अध्यक्षतामा भएको कार्यक्रममा बुङ्वाखा बान्तवा मासिक पत्रिकाका सम्पादक पदम राईले स्व।सन्त कुमारको स्मृति ग्रन्थको विषयमा टिप्पणी गर्नु भएको थियो ।

पारिवारिक दृष्टिमा सन्तकुमार, विद्धानवर्गका दृष्टिमा सन्तकुमार र सामाजिक दृष्टिमा सन्तकुमार बान्तवा लगायतका खण्ड रहेको उहाँका भतिज संगम राईले जानकारी दिनु भयो । वि.स.१९९१ असार १५ गते रविको मेक्लाजुङ्गमा जन्मनु भएका।सन्तकुमार वान्तवाको २०६८ फागुन ११ गते निधन भएको थियो । सन्तकुमार कमल गा.पा. ६ मङ्गलवारेमा स्थायी वासिन्दा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय