इन्जुरी समयमा सावित्राले गोल गर्दा बंगलादेशसँगको हारबाट बच्यो नेपाल

झापा । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग बराबरी खेलेको छ।


ढाकामा नेपाली समय अनुसार बेलुकी सँवा ५ बजे सुरु भएको खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

PHOTO : ANFA

खेलको ६५ औं मिनेटमा सबिना खातुनले गोलगरेपछि बंगलादेशले अग्रता लिएको थियो । नेपाल भने खेल सकिनभन्दा केही अघिसम्म गोल विहिन बनेको थियो । सावित्रा भण्डारीले इन्जुरी समयमा गोल गर्दै बराबरीको नतिजा दिलाएकी हुन् ।


एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आईतबार खेल्नेछ ।

गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिडेका हुन् ।

PHOTO : ANFA

नेपालमा सम्पन्न भएको उक्त खेलमा घरेलु टोली नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

चीनमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय