नेपालले आज बंगलादेशसँग खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।


खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् ।


त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । साफपछि नेपालले भारतले दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय