पत्नी सीतालाई प्रधानमन्त्री दाहालले दिए दागबत्ती

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ ।


प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।

त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।


सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय