सीता दाहालको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिने

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले स्व।दाहाललाई नेपाली सेनाको एक टुकडीद्धारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि बताउनुभयो ।


बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय