अग्रज पत्रकार पाठकलाई प्रेस चौतारीको सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले सोमबारजिल्लाका अग्रज पत्रकार नेत्र पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।


पत्रकार पाठक प्रेस चौतारी नेपाल झापाका प्रथम (संस्थापक) अध्यक्ष हुन । उपचार पश्चात आफनै निवास विर्तामोड ४ मेथीबारी टोलमा स्वास्थ्य लाभ गरिरहेका अग्रज पत्रकार पाठकलाई प्रेस चौतारी नेपाल झापाले नगद ५१ हजार १सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र पत्रकारहरु बीच संकलन गरिएको रकम विर्तामोड स्थित निवासमा पुगेर हस्तान्तरण गरेको संगठनका अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो । सो रकम चौतारीको टोली ने निवासमै पुगेर पाठककी श्रीमती सीता पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनले हस्तान्तरण गर्नुभएको थियो ।


पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो । उपचाररक्त पाठकको स्वास्थ्य लाभको कामना गर्न संयोजक न्यौपाने, प्रेस चौतारी झापा अध्यक्ष गदाल, जिल्ला इन्चार्ज सन्तोष आचार्य, पूर्व अध्यक्ष गोपाल काफले, कोशी प्रदेश कमिटी सदस्य रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सहसचिव तिलक योञ्जन, पत्रकार प्रेस आचार्य र पुष्प वराल लगायत निवासमा पुगेका थिए ।

दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासंग सम्वन्धि समस्याको उपचार गर्दै आएका पाठक दुई वर्षदेखि घरमा आराम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय