सोलुखुम्बुबाट काठमाडौंकालागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

झापा। मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।


सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।


मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
3
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय