बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले गरे रोपाई

बिर्तामोड । झापाको बिर्तामोड-३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नती मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरवाहीका कारण सडक अलपत्र परेर हिलाम्मै भएपछि स्थानीयले विरोधस्वरुप डोमालाल राजवंशी रंगशाल अघिको सडकमै धान रोपेका हुन् ।


कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको छ । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता छ ।

सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको छ । विद्यार्थी र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय