अर्जुनधारा धाममा संग्रालय भवन निर्माण गर्ने उदेश्य

शनिश्चरे । पूर्वको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाम समितिले संग्रालय भवन निर्माण गर्ने उदेश्य लिएको छ । धाम समितिले आज पत्रकारहरुसंग भेटघाट कार्यक्रमको आयोजना गर्दै अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नबिन गट्टानीले धार्मिक सम्पदा तथा बिभिन्न जातजातीका भेषभूषा तथा संस्कृति झल्काउने सामाग्री संकलन गरी संग्रालय भवन निर्माण गर्ने उदेश्य रहेको बताउनुभयो ।


त्यस्तै उहाँले धार्मिक तथा सांस्कृतिक अवस्था, विकास निर्माणको अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था र भावी योजनाका सम्बन्धमा जानकारी गराउनु भएको थियो । अध्यक्ष गट्टानीका अनुसार खडेबाबा पार्कलाई पूर्णता दिने कार्य भइरहेको छ ।


यस्तै आगामी श्रावणी पर्वमा यस बर्ष पुरुषोत्तम मास परेकाले दैनिक कथा प्रवचन, शिवजीमा जलार्पण, रुद्राभिषेक, महाप्रसादको ब्यवस्था गरिएको धामका मुल अर्चक पंडीत अग्नि सिग्देलले जानकारी दिनुभयो । भक्तजनको सुबिधालाई मध्यनजर गर्दै यसबर्ष घाम र बर्षातबाट जोगाउन पालको ब्यवस्था गरिएको उनले बताउनुभयो ।

त्यसअघि धाममा झापाका पत्रकारसँग बिशेष पूजा भएको थियो । धामले एक हप्ताअघि अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि बिशेष पूजा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय