चलचित्र लुङाको ट्रेलर सार्वजनिक

झापा । यहि श्रावण ५ गतेबाटबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र लुङाले ट्रेलर सार्वजनिक गरेको छ । पुर्वि नेपालको रमणिय स्थानहरुमा छायंकन गरिएको चलचित्र लिम्बु समुदायको सस्कार भित्र रहेर कथालाई पर्दामा उतारेको ट्रेलरबाट थाहा पाउन सकिन्छ ।


२ मिनेट लामो उक्त ट्रेलरमा नायक भुवनसिंह राई र नायीका सारा लोरुङ राईबिचको प्रेम संबन्धमा आउने उतार चडावलाई बिशेष प्राथमिक्ताकासाथ स्थान दिइएको छ भने अभिनेता बुद्धि तामाङ लगायत अन्य कलाकारहरुलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्र लुङालाई किरण राईले निर्देशन गरेका हुन भने यस चलचित्रको प्रस्तुत कर्तामा ज्योतिराज राई रहेका छन् । द स्टर्न मिडियसंग भुमिसा प्रोडक्सनले निर्माण सहकार्य गरेको यस चलचित्रको निर्माता सञ्जिव राई हुन् । चलचित्रको कथा भुवनसिंह राईले लेखेका छन् । चलचित्रको पटकथा तथा सम्बाद स्वयंम भुवनसिंह राईसहित प्रयास घिमिरे र निश्चल सापकोटाले तयार पारेका हुन् । चलचित्रमा बादल लिम्बु र अनिस श्रेष्ठले संगित दिएका छन् ।


यस अगि नै पुर्वका बिभिन्न शहरहरुमा च्यारेटी शो गरिएको चलचित्रलाई दर्शकहरुबाट सकरात्मक प्रतिक्रिय मिलेको थियो । चलचित्रको च्यारेटी शोमा उपस्थित अधिकांश दर्शकहरुले कलकारको अभिनय र फिल्मको कथालाई रुचाएका थिए ।पछिल्लो समय लिम्बु समुदाय भित्र रहेर तयार परिएको चलचित्र जारी हिट भएपछि आदिबासी समुदाय भित्रको कथाको स्वदमा रमाएका दर्शकहरुलाई चलचित्र लुङा पनि एउटा नौलो मनोरञ्जनको खुराक बन्न सक्छ ।

हेुर्नस् ट्रेलर :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय