बिर्तामोड वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज (आइतबार) एक औपचारिक कार्यक्रमका विच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गर्नु भयो ।


यस अघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्तरुपमा वडा नम्बर ८ र ९ संगै एउटै भवनमा सन्चालन हुंदै आएको थियो ।
स्थानियहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।
वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिम प्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चुडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाल लगायत रहनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले यस वडामा हात्तीको समस्या रहेकोले समस्या समाधानका लागि सवै तहका सरकार लाग्नु पर्ने बताउनु भयो । पुर्वपट्टीको क्षेत्रमा ‘फेन्सिङ’ जडान गरिएपनि पश्चिम क्षेत्रमा यसको व्यवस्थापनमा जुट्नु पर्ने बताउनु भयो ।बिर्तामोडको वडा नम्बर ६,७ र ८ हात्ती प्रभावित क्षेत्र पर्दछ ।


कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले वडा कार्यालय सहजरुपमा सन्चालनका लागि भवन प्रयाप्त नभएपनि आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले नयां भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिनुभयो । उहांले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनतासमक्ष गरेका प्रतिवद्दता पुरा गर्दै जाने विश्वास समेत व्यक्त गर्नु भयो ।

भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल लगायत विभिन्न संघ संस्था तथा पार्टीका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय