साना किसान खुदुनाबारीलाई प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार 

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ ।


जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा नगद २५ हजार रुपैयाँ र प्रमाण पत्रँसहित सो संस्था सम्मानित भएको हो ।

राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यसपटक साना किसान कृषि सहकारी संस्थाले पाएको संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालले जानकारी दिनुभयो ।


महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा २०७९ सालका लागि घोषित ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ–संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेको हो ।

साना किसान कृषि सहकारी संस्थाका तर्फबाट पुरस्कार ग्रहण गर्न अध्यक्ष दंगाल, उपाध्यक्ष नन्दलाल खनाल, लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुलाल ढकाल, मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेल, संचालक सदस्यहरु गोविन्द घिमिरे, दिनेश घिमिरे, विन्दा पाण्डे, डम्बर कुमारी अधिकारी उपस्थित थिए ।

साना किसान कृषि सहकारी संस्था सामाजिक क्षेत्रमा क्रियाशिल अर्जुनधाराको सबैभन्दा पुरानो सहकारी संस्था हो । किसानको हकहितमा आधारित रहँदै समुदायमा समर्पित सो संस्था नेपालको उत्कृष्ट सहकारीमा परेको हो । संस्था यसअघि जिल्लाका विभिन्न विधामा पुरस्कृत भैसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
185
सम्बन्धित

लोकप्रिय

लोकप्रिय