झापा। बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो । पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पहिरोका कारण सोही स्थानका अन्य केही घरहरु पनि भत्किएका प्रहरीले जानकारी दिएको छ । ती घरका सदस्यहरुले भने भागेर ज्यान जोगाएका थिए ।