बर्तमान उपलब्धीका हकदार ज्येष्ठ नागरिक : उपप्रमुख उप्रेती

Share :

मेचीनगर । झापाको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले ज्येष्ठ नागरिक “जिउँदा देवता” भएकाले वर्तमानमा जे, जति उपलब्धी भएको छ, ति सबैका हकदार ज्येष्ठ नागरिक नै रहेको स्पष्ट पार्नुभएको छ ।

सोमबार मेचीनगर वडानम्बर ३ ले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मानलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले बाल्यवस्था जस्तै वृद्धावस्थामा पनि माया, ममता, स्नेह र आधारभुत आवश्यकतामा परनिर्भर हुने बताउँनुभयो । ज्येष्ठ नागरिक अनुभवले खारिदैँ र जिवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको हुन्छन । जिवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नु पर्नेमा उपप्रमुख उप्रेतीको जोड थियो ।

ज्येष्ठ नागरिकहरुले आयआर्जन गरेका ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता हस्तान्तरणको प्रबन्ध मिलाउनु पर्छ र समाजका युवाशक्तिले यस्तो ज्ञान, सिप, क्ष्मता को उच्च मुल्याङ्कन गर्दे अनुशरण गर्नु आवश्यक रहेको छ किनभने अनुभव ज्ञानको स्रोत मध्येको उत्कृष्ट स्रोत हो ।


उपप्रमुख उप्रेतीले मनिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जिवन भोग्नुपर्ने बताउँर्दै मानव जिवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यकाल हो भने चञ्चले र रमाउने अवस्था किशोरावस्था हो अनि जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दे दौडिने अवस्था हो युवावस्था, भने त्यहि युवावस्थाको रोजाई र भोगाईबाट खारिदैँ मानिस वृद्धावस्थामा पुग्ने स्पष्ट पार्नुभयो । ‘युवाशक्तिले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मुल्याङ्कन गर्दे सम्मान गर्नुपर्दछ किनकी हामी माथी उनिहरुको ठुलो लगानी, त्याग र समर्पण छ ’ उहाँले भन्नुभयो । आजका बालकबालिका भोलिका ज्येष्ठ नागरिक हुन भन्ने भुल्नु नहुने र ज्येष्ठ नागरिकको सम्मानमा हामीले हेला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अंगालोमा बाध्न सक्नुपर्ने उहाँको भनाई थियो । वडाध्यक्ष हर्क बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा बोल्दैं उपप्रमुख उप्रेतीले अब हरेक घर ज्येष्ठ सदस्य मैत्री हुनुपर्ने बताउनुभयो । घर भएपछि समाज र समाज हुदैँ वडा र सिङ्गे नगरपालिका ज्ेष्ठ नागरिक मैत्री बन्ने स्पष्ट पार्नुभयो । ज्येष्ठ सदस्य हाम्रा अग्रज भएकाले अग्रजको मान सम्मान गर्नु हामी सवैको दायित्व रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडाभरिका ७५ वर्ष उमेर माथिका १ सय ५० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि उप्रेती, वडाध्यक्ष बस्नेतलगायतले सवैर्ला दोसल्ला पहिर्याएर अविर टीका लगाउर्दै सम्मान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य खेम लिम्बुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय