सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस् : नगर प्रमुख गोम्देन

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गर्नुभएको छ । उहाँले आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने बताउनुभयो।

आइतवार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिनुभयो । गाउँघरमा लिखतका क्रममा भएका त्रुटिले ठुलो नोक्सानी व्यवहोर्नु परेको उहाँको भनाई थियो ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा आयोजित कार्याशालामा गोम्देनले कागज लेख्नु सामान्य विषय नभएको धारणा राख्नुभएको थियो । एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना भएको उहाँको तर्क थियो । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र कुनै पनि लिखत संवेदनशील भई गर्न उहाँको जोड थियो । नगर प्रमुख गोम्देनले ठिक ढंगबाट लिखत भएमा कसैले दुख नपाउने र नगर पनि न्याय सम्पादनमा उत्कृष्ट हुने धारणा राख्नुभएको थियो । गोम्देनले लेखनसीपका क्रममा सिकेको सीपलाई व्यवहारिक र प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।


कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लेखनसीप कार्यक्रम आयोजना गरेको जानकारी दिनुभएको थियो । उजुरी लेखन, लेनदेन, वैनाबट्टा, सम्झौता, करारनामा, जाहेरी, मेलमिलाप लेख्न सबै सक्षम हुनुपर्ने पराजुलीको भनाई थियो । सामान्य लिखतमा समेत समस्या बढ्दै गइरहेकोले न्याय निरुपणका लागि लेखनसीपको आवश्यकता महसुस गरेको उहाँको भनाई थियो ।

अर्जुनधारा – ७ स्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगरक्षेत्रका ४० जना बढीको सहभागिता रहेको थियो । अधिवक्ता हेमकला कट्टेल र चुडामणि पराजुलीले सहजीकरण गरेको कार्यशालामा उजुरी, प्रतिउत्तर लेखन, फिरात लेखन, संयुक्त उजुरी लेखन, जाहेरी, लेनदने, मिलापत्र, सीमा विवाद लगायतका विषयमा लेखनसीप प्रदान गरिएको कार्यक्रम संयोजक टाइम्स मिडियाका सदस्य प्रदीप परियारले जानकारी दिनुभयो ।

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, बोर्ड सदस्य चन्द्रा तामाङ, कानुन अधिकृत एलिना घिमिरे लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय