मापदण्डको पालना नगरि शुद्धीकरण प्रक्रिया बढाएको भन्दै झापामा प्रेस चौतारी आन्दोलित

Share :

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले मापदण्डको पालना नगरी आफुखुशी शुद्धीकरण गरेको भन्दै प्रेस चौतारी आन्दोलित बनेको छ । सक्रिय पत्रकारलाई मापदण्डको अपव्याख्या गरेर हटाउने र निष्कृय पत्रकारलाई शुद्धीकरण नगर्ने पत्रकार महासंघलाई तत्काल गल्ति सच्याउन माग गरेको छ ।

नेपाल पत्रकार महासंघ झापालाई प्रेस चौतारीले आइतवार १२ बजेसम्ममा माग पुुरा गर्न अल्टिमेटम दिएको छ । प्रेस चौतारी झापाले आइतवार १२ बजेभित्र माग पुरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरेर जनो चेतावनी दिएको छ । प्रेस चौतारीले सदस्यता शुद्धीकरण मापदण्डको पूर्ण पालना गर्न माग राखेको छ ।


बिहीवार देखि चौतारीले महासंघको जिल्ला कार्यलयमा धर्ना सुरु गरेको छ । आज पनि धर्ना बस्दै चौतारीले महासंघलाई सच्चिन अल्टिमेटम दिएको छ । धर्ना कार्यक्रममा सम्बोधन गर्दै प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले शुद्धीकरण मापदण्ड पालना गरौं भन्दा पत्रकार महासंघ भागिरहेको बताउनुभयो ।


पत्रकार महासंघ झापाले शुद्धीकरण अभियानको मर्म विपरित पत्रकारहरुमाथि राजनीति गरेको धारणा राख्नुभयो। उहाँले शुद्धीकरणलाई सफल बनाउन मापदण्डको पूर्ण पालना अनिवार्य रहेको बताउनुभयो ।

यस्तै, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले सदस्यता शुद्धीकरणमा पत्रकार महासंघ गम्भीर नभएको बताउदै मापदण्ड विपरित गरिएको शुद्धीकरण अस्वीकार्य हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय