नेपाल र भारतबीच पेट्रोलियम पाईपलाईन झापासम्म निर्माण गर्ने लगायतका ७ संझौता

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् । नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् ।

दुइदेशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीलेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् ।


प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकमर सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

यस्ता छन् संझौता

१. पेट्रोलियम पाईपलाईन अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलीगुड़ीबाट झापासम्म निर्माण गर्ने कार्यको समझदारी

२. तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने संझौता

३. क्रस बोर्डर पेमेन्ट समझदारी

४. सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

५. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी

६. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

७. फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट सम्झौता

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय