बिर्तामोड खानेपानीमा अध्यक्ष बास्तोलासहित लोकतान्त्रिक राष्ट्रवादी प्यानलै विजयी

Share :

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानल नै विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतान्तरले हराउँदै बास्तोला निर्वाचित हुनुभएको हो। बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत पाउनुभएको थियो। त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जित निकालेको छ ।

उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय