बिर्तामोडले झण्डोत्तलन गरेर मनायो १६ औँ गणतन्त्र दिवस

Share :

झापा । बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, विभिन्न शाखाका कर्मचारी र नगर प्रहरीद्वारा सहिदको तस्विरमा माल्यार्पण गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले देशमा बोल्न पाउने अधिकार आजकै दिनले स्थापित गरेको धारणा राख्नु भयो । सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले कयौँको कोख र सिउँदो रित्तिएर ल्याएको गणतन्त्रलाई सहि ढंगले सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । विधिको शाषनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताउँदै उहाँले जाती, पार्टी भन्दा माथि उठेर देश विकासमा लाग्नु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले राजनीतिक अस्थिरताकोकारण लोकतन्त्र खतरामा परेको बताउनु भयो । उहाँले गरिब र सर्वहारा वर्गलाई गणतन्त्रले नछोएको धारणा राख्दै उहाँले राष्ट्रिय स्तरबाटै नीति नियम बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । राष्ट्रहितका काममा जनप्रतिनिधि र कर्मचारी जुट्नु पर्ने बताउँदै उहाँले गणतन्त्रले सबैको बराबरी हैसियत कायम गर्नु पर्ने बताउनु भयो ।


गणतन्त्र दिवश विशेष कार्यक्रमलाई नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय