चोरी मुद्दाका प्रतिवादी चौधरी र कैदी भगाएर फरार दाहाल पक्राउ

Share :

झापा । कैदी भगाएर फरार भएका अर्जुनधारा नगरपालिका ११ का ४६ वर्षीय सागर दाहाल १५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कैदी भागे भगाएको सम्बन्धी मुद्दाका फरार प्रतिवादी साबिक शनिश्चरे गाविस ७, हाल अर्जुनधारा नगरपालिका ११ का ४६ वर्षीय दाहाललाई मंगलबार पक्राउ गरेको हो ।

उनलाई झापा जिल्ला अदालतको २०६५ जेठ २६ गतेको फैसलाअनुसार दुई महिना कैद र दुई सय रुपैयाँ जरिवानासहितको सजाय तोकिएको थियो ।

यस्तै चोरी मुद्दाका अर्का फरार प्रतिवादी पनि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार बाह्रदशी गाउँपालिका ६ का २६ वर्षीय करण भन्ने नगेन्द्र चौधरीलाई मंगलबार पक्राउ गरिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।


झापा जिल्ला अदालतको २०७८ कार्तिक १४ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा चौधरीलाई एक वर्ष ६ महिना कैद र ७५ हजार जरिवानासहितको सजाय तोकिएको थियो ।

पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय