ऐतिहासिक प्रतियोगिताको उद्घाटन गर्न पाउँदा खुशी भएको प्रधानमन्त्री धारणा

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको काभा महिला च्यालेन्ज कपको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा घोषणा भएको भलिबलको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभएको हो।

भलिबल इतिहासमा पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूला प्रतियोगिता आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भन्दै प्रधानमन्त्री दाहालले भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई बधाई र सफलताको शुभकामना दिनुभयो ।


प्रधानमन्त्री दाहालले विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।

यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालमा खेल पूर्वाधार कमजोर भएको अवस्थामा प्रधानमन्त्री जानकार भएको र विकासका लागि चिन्तित भएको भन्दै पूरा गर्न मन्त्रालय र राखेप अग्रसर रहने प्रतिवद्धता जनाउनुभयो । लिम्बूले खेल जीवन सकेर बाहिर निस्किँदा निराश भन्दा आशावादी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो । १४ गतेसम्म आयोजना हुने च्यालेन्ज कपमा नेपाल सहित ८ टोलीले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको पहिलो दिन सोमबार नेपालले किर्गिस्तानमाथि ३–० को सेटमा सहज जित निकाल्दै सुखद् शुरुवात गरेको छ भने उज्वेकिस्तान र भारतले पनि सुखद् शुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय