लोकतान्त्रिक राष्ट्रवादी समूहबाट बिर्तामोड खानेपानीका लागि उम्मेदवार घोषणा

Share :

झापा । बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको आगामी जेठ १५ गते नयाँ कार्यसमिति चयनकालागि निर्वाचन हुँदैछ ।

संस्थाको आसन्न निर्वाचनका लागि नेपाली काँग्रेस र राप्रपा सम्मेलीत लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको छ ।


बिर्तामोडस्थित टाइमलेस होटलमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै सो समूहले आफ्नो उम्मेद्वार सार्वजनिक गरेको हो । लोकतान्त्रिक राष्ट्रवादी समूहले संस्थाका वर्तमान सचिव मेघराज वास्तोलालाई अध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।

त्यस्तै लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारश मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार बन्नुभएको छ । त्यस्तै सदस्यहरुमा आनन्द गुरुङ, वालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल उम्मेद्वार बन्नुभएको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले उम्मेद्वारको घोषणा गर्नुभएको थियो ।

राप्रपाका नेता शंकर रिजालले स्वागत गर्नुभएको कार्यक्रममा संविधान सभा सदस्य सुधीर कुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेले, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय