सेनेटरी प्याडमा ब्राउनसुगर लुकाउने अर्की महिला पक्राउ

झापा । भद्रपुर बिमानस्थलमा सेनेटरी प्याडमा ब्राउनसुगर लुकाएर लान खोज्ने फेरी अर्की महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ नारायणथान डेरा गरी बस्ने २६ वर्षिया एन्जल राई रहेकी छिन् ।


शनिवार बिहान ११.५ बजेको समयमा भद्रपुर बिमानस्थलमा बिमान सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरी टोलीले सुरक्षा चेकजाँच गर्ने क्रममा यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकी राईले लगाएको भित्रीबस्त्र(पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी लैजान लागेको १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनको साथमा रहेको नागरिकता र रेडमी मोबाईल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको झापा प्रहरीले बताएको छ ।


यसअघि गत वैशाख २१ गते राति प्याडमा ब्राउनसुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए । भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं जाने क्रममा उनीहरू पक्राउ परेका थिए ।उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय