अर्जुनधारा–५ मा २ दिवसीय लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Share :

झापा । अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा २ दिवसीय लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा–५ नम्बर वडा कार्यालयले आयोजना गरेको तालिमलाई सामुदायिक विकास मञ्च मेचीनगर–६ ले सहजिकरण गरेको थियो ।

पहिलो दिन शनिबार १, २, ३ र ४ नम्बर टोललाई समेटेर र दोस्रो दिन आज (आईतबार) ५, ६, ७ र ८ नम्बर टोललाई समेटेर सचेतना कार्यक्रम गरिएको कार्यक्रमकी अध्यक्ष तथा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्र कुमारी तामाङले जानकारी दिनुभयो । पहिलो दिन दुर्गा मन्दिरको हलमा सचेतना कार्यक्रम संचालन भएको थियो भने दोस्रो दिनको सचेतना कार्यक्रम नव दुर्गा पञ्चायतन मन्दिरको सभाहलमा आयोजना भएको थियो ।


दोस्रो दिनको सचेतना कार्यक्रममा ५ नम्बर वडाका वडाअध्यक्ष गिताराज खड्काको प्रमुख आतिथ्य रहेको थियो । सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी नायव निरिक्षक निराजन कटुवालले प्रशिक्षण दिनुभएको थियो ।प्रशिक्षणको क्रममा उहाँले लागु पदार्थको परिभाषा, प्रयोग, त्यसको असर र लागुऔषध नियन्त्रणका लागि सरकारले निर्धारण गरेको “लागुऔषध नियन्त्रण ऐन २०३३” का बिषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा सामुदायिक विकास मञ्चको तर्फबाट सोमराज ढकाल र गोविन्द न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

सचेतना कार्यक्रमको पहिलो दिन शनिश्चरे प्रहरी चौकीका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरिक्षक कुमार ढकाल, मेची प्रादेशिक अस्पतालका चिकित्सक बिसाल आचार्य, सामुदायिक विकास मञ्चको तर्फबाट सोमराज ढकाल र गोविन्द न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

तालिमको पहिलो दिन करिब ८० जना किसोर–किशोरी तथा युवा–युवतीको सहभागिता रहेको सामुदायिक विकास मञ्चका सोमराज ढकाल जानकारी दिनुभयो । तालिमको दोस्रो दिन करिब १ सय जनाको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

तालिमको दोस्रो दिनको कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष बिद्यानन्द चौधरी (बाबा डिआर), कोषाध्यक्ष मनि कुमार बमजन लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
3
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय