झापामा हुने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने

Share :

झापा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निश्चित भएको छ । झापाको दमकमा २९–३१ गते हुने भनिएको बैठक काठमाडौंमा हुने भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।

बजेट अधिवेशनका कारण केन्द्रीय कमिटीको बैठक २८–३० पार्टी कार्यालयमा बोलाइएको अधिकारीले जानकारी दिनुभयो। झापामा बैठकस्थगित भएसँगै जेठ १ को सभा समेत स्थगित गरिएको छ ।

झापामा ३५ वर्षपछि बैठक गर्ने तयारीपछि जिल्ला पार्टीले भव्य रुपमा आवश्यक व्यवस्थापन मिलाइरहेको थियो । विभिन्न उपसमितिहरु बनाएर बैठक र जेठ १ को सभालाई विशाल बनाउन नेताहरु तयारीमा जुटेका थिए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय