अल इन वान क्लबलाई बिर्तामोड नगरपालिकाद्वारा सम्मान

Share :

झापा । खेलकुद क्षेत्रमा दरिलो पहिचान बनाउदै गएको झापा बिर्तामोडको अल इन वान क्लबका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीहरुलाई बिर्तामोड नगरपालिकले आज एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।

बिर्तामोडको अल इन वान क्लबले उदयपुरमा शनिबार सम्पन्न उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । प्रदेश र बिभिन्न स्तरका फुटबल प्रतियोगिताका उपाधिहरु माथि कब्जा जमाउन थालेसंगै अहिले बिर्तामोडको अल इन वान क्लको चर्चा चुलिएको छ ।

राष्ट्रिय स्तरका खेलाडीहरुलाई समेत मैदान उतारेर उत्कृष्ट प्रदर्शन गरिरहेको झापाको क्लबले महिला फुटबलमा आफुलाई दरिलो सावित गरेको छ । महिला फुटबलको क्षेत्रमा नयाँ पहिचान निर्माण गर्दै सफल र दरिलो फुटबल क्लबको रुपमा विकास हुँदै खेलकुद क्षेत्रमा सक्रियताका साथ लागिरहेको भन्दै क्लब र खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाले सम्मान गरेको हो ।


नगर प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा महिला राष्ट्रिय टिमका खेलाडीहरु समेत समावेश रहेको क्लबका खेलाडी तथा अफिसियलहरुलाई अबिर र खादाले स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला राष्ट्रिय फुटबल टिमकी सदस्य रहेका क्लबको तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सबिता राना मगर र रश्मि घिसिङ, पुर्वराष्ट्रिय फुटबल टिमकी सदस्य रजनी थोकर, टिम कप्तान खुस्मा राई, १९ बर्ष मुनिको राष्ट्रिय फुटबल टिममा सहभागिता जनाइसकेका खेलाडीहरु इसा राना मगर, मेनुका आले मगर, पृया बस्नेत र ममता राउतलाई सम्मान गरिएको थियो । त्यसैगरि सुशीला चौधरी, सुस्मिता चौधरी, क्षत्रिका चौधरी, एलेक्स चौधरी, अनिता राई, रोजिना राई, आसिका राई, अनिता लम्जेल, लक्ष्मी श्रेष्ठ र मिना राईलाई सम्मान गरिएको थियो ।

त्यस्तै अल इन वान क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, उपाध्यक्ष दिवाकर मैनाली, सचिव रोशन खरेल, टिम कोच मिलन गुरुङ र टिम म्यानेजर रोमित गुरुङलाई पनि सम्मान गरिएको थियो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड २ का वडाअध्यक्ष किशोर पौडेल, बिर्तामोड ३ का वडाअध्यक्ष मदन बुढाथोकी, ५ का वडाअध्यक्ष रोहीत प्रसाई, ६ का वडाध्यक्ष सूर्य प्रसाद कन्दङ्वा, ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेल, १० का वडाअध्यक्ष दुर्योधन गुरुङ र शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत दिनेश प्रसाद आचार्यले खेलाडी तथा पदाधिकारीहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा क्लबले उदयपुरमा जितेको उपमेयर महिला गोल्डकप नकआउट फुटबलको उपाधि ट्रफी नगरपालिकालाई हस्तनान्तरण गरेको थियोे । क्लबका अध्यक्ष योञ्जन र टिम कप्तान खुस्मा राईले नगरपालिकाका उपप्रमुख संग्रौला लगायत वडाअध्यक्षहरुलाई उपाधि ट्रफी हस्तनान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले राष्ट्रि टोलिमा समेत प्रतिनिधित्व गरिरहेका खेलाडीहरुले बिर्तामोडको क्लबबाट प्रतिस्पर्धा गरेर उपाधि जित्नु सिंगो नगरपालिका र झापा बासीका लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले प्रतियोगिताका दौरान नगरपालिकाले खेलाडीहरुको व्यवस्थापनका निमित्त सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा क्लबको स्तरबृद्धी तथा क्लबले संचालन गर्ने खेलकुदका गातिबिधिहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड १० का वडाअध्यक्ष दुर्योधन गुरुङले खेलाडीहरुलाई नगद सहितको सम्मान गर्ने उदेश्य रहेता पनि छोटो समयको तयारीका कारण तत्काल गर्न नसकिएको धारणा राख्नुभयो । उहाँले नगरपालिकाले निकट भविष्यमा खेलाडी र क्लबलाई सहयोग तथा सम्मान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

अल इन वान क्लबले उदयपुरमा सम्पन्न उपमेयर महिला गोल्डकपको शनिबार भएको फाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै उपाधि जितेको थियो । थरुहट रगशालामा भएको फाइनल भिडन्तमा अल इनका लागि रजनी थोकरले दुई गोल र मेनुका आले मगरले एक गोल गरेकी थिईन् । त्यस्तै अल इन वान क्लब की सबिता राना मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिईन । विजेता बनेको अल इन वान क्लबले उपाधिसहित नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।

त्यस्तै अल इन वान क्लबले बैशाख ९ देखि १६ गतेसम्म बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको आयोजना गरेको थियो । अल इन वान उक्त प्रतियोगिताको उपविजेता बनेको थियो । उसले १ लाख १ हजार नगद, प्रमाण पत्र र ट्रफी पुरस्कार पाएको थियो । पछिल्लो समय अन्य बिभिन्न स्थानमा आयोजना भएका महिला फुटबल प्रतियोगिताहरुमा समेत अल इन वानले उपाधि हासील गरेको छ ।

यस्तै आजै एक कार्यक्रमकाबिच बिर्तामोड नगरपालिकाको १० नम्बर वडा कार्यालयले पनि क्लब र खेलाडीहरुलाई सम्मान गरेको छ । वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्यहरू पृथ्वी बस्नेत, पञ्चधन राई, धनमाय श्रेष्ठ, दिपिका सिवा लगायतले खेलाडीहरुलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको वडा सदस्य पृथ्वी बस्नेतले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा क्लबले प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपविजेताको ट्रफी वडा कार्यालयलाई हस्तनान्तरण गरेको थियो ।

कार्यक्रममा बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ, प्रहरी बिट सैनिक बजारका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक्रम चौधरी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
2
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय