ए डिभिजन लिगमा आज तीन खेल

Share :

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासन मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगाशालामा हुने खेलमा चर्च ब्वाइज र फ्रेण्डस् क्लबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा चर्च ब्वाइज छैटौँ जितको खोजीमा हुँदा फ्रेण्डस् क्लब पाँचौँ जितको खोजीमा हुनेछ ।

जारी खेलमा चर्च ब्वाइज २१ औं स्थानमा रहँदा फ्रेण्ड्स १५ औँ स्थानमा रहेको छ। यस्तै दशरथ रंगशालामै ६ बजे नेपाल आर्मी र मनाङ मर्स्याङ्दी भिड्ने छन्। नेपाल आर्मी आज छैटौँ जितको खोजीमा हुँदा मनाङ पाँचौँ जितको लक्ष्यमा हुनेछ । त्यस्तै च्यासल फुटबल मैदानमा हिमालयन शेर्पा र सातदोबाटोबीच खेल हुनेछ ।

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । १३ खेलमा ६ जित निकालेको सातदोबाटो आज सातौँ जितको खोजीमा हुनेछ। १३ खेलमा ६ जित निकाल्दै २२ अंकसहित तेस्रो स्थानमा रहेको सातदोबाटो सातौँ जितसहित दोस्रो स्थानमा उक्लिन चाहन्छ। हिमालयन शेर्पा आज चौथो जितको खोजीमा रहनेछ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय