अर्जुनधारा स्टारको सेमिफाइनलका लागि ४१ प्रतिस्पर्धी छनोट

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को दोस्रो चरणको छनोट (मेघा अडिसन) बाट ४१ जना प्रतिस्पर्धी तेस्रो चरण अथार्त सेमिफाइनलकालागि छनोट भएका छन् ।


अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको ग्रिनेरी हलमा आज भएको दोस्रो चरणको छनोट प्रतिस्पर्धामा ७३ जना प्रतिस्पर्धीबाट ४१ जनालाई अघिलो चरणका लागि छनोट गरिएको प्रतियोगिताका संयोजक तथा सारेगम कला केन्द्रका संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

उहाँले नृत्य तर्फ २१ र गायन तर्फ २० जना प्रतिस्पर्धी छनोट भएको बताउनुभयो । दोस्रो चरणको छनोटमा गायनतर्फ दिपक रायमाझी र कमला नेम्वाङ तथा नृत्यतर्फ राज लावती र सुवोद रसाइली निर्णायकको रुपमा रहनुभएको थियो ।


यस अघि चैत्र २९ देखि बैशाख ९ गतेसम्म भएको पहिलो चरणको अडिसनबाट छनोट भएका प्रतिस्पर्धीले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । आज छनोट भएका प्रतिस्पर्धीले अब बैशाख २३ गते हुने तेस्रो चरण अर्थात सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने संयोजक आलेले जानकारी दिनुभयो ।

सेमिफाइनलबाट गायन र नृत्य दुवै विधातर्फ तेस्रो चरणबाट चौथो तथा फाइनल चरणका लागि १५ जना छनौट गरिने बताइएको छ ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै शैक्षिक छात्रवृत्ती लगायतका सुबिधाहरु प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताको फाइनल वैशाख ३० गते हुनेछ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको विशेष सहयोग रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
3
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय