प्रदेश स्तरीय महिला गोल्डकप : मोरङको मिक्लाजुङ सेमिफाइनलमा प्रवेश

Share :

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका मोरङ झापाको बिर्तामोडमा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १ –० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गा.पा.को टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।


बिर्तामोड–१० स्थीत सैनिकबजारको ‘अल इन वान’ क्लबलको आयोजनामा भइरहेको प्रतियोगितामा मिक्लाजुङका लागि पुर्णिमा राईले खेलको ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

विपक्षी खेलाडीले डि–एरिया भित्र मिक्लाजुङकी खेलाडी सम्झना बेघालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले टिमकालागि एक गोल गरेकी थिइन् ।

खेल अवधीभर दवाबमा परेको महमाईले भने गोल स्कोर गर्न सकेन् । मिक्लाजुङले पाएको पेनाल्टी प्रहारको अवसर उसकालागि दुर्भाग्य बन्यो ।

उत्कृष्ट खेल प्रदर्शन गरेको मिक्लाजुङले गाले गर्ने थुपै अवसर पाए पनि महमाईकी गोल रक्षक पवित्रा लिम्बुले विफल पारिदिएकी थिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी महमाईकी गोल रक्षक लिम्बु ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई बिर्तामोड–१० का वडाअध्यक्ष दुर्योधन गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।

१६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा भोलि सोमबार नमोबुद्ध युवा क्लब सप्तरी र ताप्लेजुङ महिला फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय