टोल ४ ले जित्यो अर्जुनधारा–५ को दुई दिवसीय फुटबलको उपाधि

Share :

अर्जुनधारा । खेलाडी छनोट गर्ने लक्ष्यकासाथ अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा संचालन भएको टोल स्तरीय दुई दिवसीय फुटबल प्रतियोगितामा टोल नम्बर ४ विजेता बनेको छ ।

अर्जुनधारा–५ को भानु मा.वि.को मैदानमा आज भएको फाइनल खेलमा टोल १ लाई २–१ गोल अन्तरले पराजित गर्दै टोल ४ विजेता बनेको हो । प्रतियोगितालाई अर्जुनधारा ५ को खेलकुद विकास उपभोक्ता समितिले आयोजना गरेको हो।


प्रतियोगिताको विजेता बनेको टोल ४ का लागि खेलको ४० औ मिनेटमा विशाल राजवंशी र ४७ औं मिनेटमा राम कृष्ण महत्ताराले एक–एक गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफको १० मिनेटमा एक गोल गरेर खेलमा अग्रता बनाएको टोल १ ले भने थप गोल गर्न नसक्दा पराजय भोग्यो । उसका लागि प्रभास पौडेलले एक गोल गरेका थिए ।

प्रतियोगितामा टोल ४ का नवराज भण्डारी ‘म्यान अफ दि सिरिज’, टोल १ का गोल रक्षक बिवेक राजवंशी ‘बेस्टा किप्पर’ र टोल ४ का रामकृष्ण महत्ताराले ‘हाइ स्कोरर’को पुरस्कार पाए ।

त्यस्तै प्रतियोगिताको विजेत टोल ४ ले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको टोल १ ले ३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका सभापति भेषराज भण्डारी (प्रशान्त), अर्जुनधारा ५ का वडाअध्यक्ष गिताराज खड्का, आयोजक समितिका अध्यक्ष विद्यानन्द चौधरी (बाबा डिआर), उपाध्यक्ष मनि तामाङ लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

“धुम्रापाना मध्यपान छुटकाराबाट पाइन्छ स्वाभीमान, अर्जुनधारा ५ को विशेष अभियान” भन्ने नाराका साथ संचालन भएको प्रतियोगिताको मुख्य उदेश्य खेलाडी छनोट गर्नु भएको आयोजक समिति अध्यक्ष बाबा डि.आर.ले जानकारी दिनुभयो ।

समितिको आयोजनामा शनिबार दौड प्रतियोगितामा र भेट्रान फुटबल प्रपितयोगिता समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय