नारी संचार गृह झापाद्वारा दुई पत्रकार पुरस्कृत

Share :

बिर्तामोड । झापामा नारी संचार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।

आज नारी संचार गृहले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।

नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दाहाललाई पुरस्कृत गरिएको छ । उहाँलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो ।


नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित ‘नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलो पटक दाहाललाई प्रदान गरिएको हो ।

दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित संचार गृहको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ भने प्रेस चौतारी नेपालको निर्वाचन आयोग सदस्य रहनु भएको छ।

त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सुस्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिनुभयो ।

प्रत्येक दुई बर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ ।

नारी संचार गृहले ‘नारी संचार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय