क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन

Share :

झापा । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन हुनुभएको छ । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो ।

याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती समेत गठन गरिएको छ । संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्ट बहादुर लिम्बु, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा सरोज कालिका चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा बिपुल याक्सो, श्याम लिम्बु, आशा तामाङ, पञ्चमाया शेर्मा र सोना लिम्बु चयन हुनुभएको छ ।

विदेशी भुमिमा पनि नेपाली कलाकारितालाई संरक्षण गर्दै कलाकारको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले संघ गठन गरिएको अध्यक्ष याक्सोले बताउनुभयोए । ‘विदेशी भुमिमा रहेका कलाकारलाई सुख, दुःखमा साथ दिदैँ उनीहरुको कलाकारितालाई अभिवृद्धि गर्न संघले काम गर्नेछ’ याक्सोले भन्नुभयो । उहाले क्यानडामा विभिन्न कार्यक्रमहरु आयोजना, संयोजन गर्ने तयारी गरिएको र निकट भविष्यमा चलचित्र समेत निर्माण गर्ने योजना रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय