झापामा डा. योगी विकासानन्दले प्रवचन दिने

बिर्तामोड । झापाको बिर्तामोडमा एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन हुने भएको छ । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रको आयोजनामा बैशाख २२ गते बिर्तामोडमा प्रबचन हुने भएको हो । एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान शिविरमा डा. विकासानन्दले प्रवचन दिने शुक्रवार (आज) बिर्तामोडको श्री जय ड्रिम ल्याण्ड पार्कमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

मानवलाई चिन्ताको बिकाराल जालोबाट उन्मुक्ति गराएर नयाँ जोश र जाँगरका साथ जीवनशैली परिवर्तन गर्ने उदेश्यले शिविरको आयोजना गरेको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा शिविर आयोजक समितिका सचिव बिजय बरालले जानकारी दिए ।

पछिल्लो समय तीब्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रकी अध्यक्ष रिना थापा (मेयर मगर) ले बताइन् ।

डोमालाल राजवंशी रंगशालामा आयोजना हुने शिविरमा १० हजार बढीले सहभागीता जनाउने आयोजकले जनाएको छ । झापाका बिभिन्न स्थानीय तह र सामाजसेबीहरुसँग कार्यक्रम सम्पन्न गर्न आर्थिक संकलन भइरहेको सचिब बरालले बताए । सोही कार्यक्रमकाबिच झापाका दुईजना शिक्षासेवी, दुईजना समाजसेबी र दुईजना सञ्चारकर्मीलाई समेत सम्मान गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गर्ने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा शिक्षासेवी तथा उक्त कार्यक्रमका सल्लाहकार जयनारायण ढुङ्गाना, सल्लाहकार गजेन्द्रबहादुर पौडेल, विश्व परिवारका सदस्य गजेन्द्रराज नेम्वाङ, कोषाध्यक्ष ओमबिक्रम नेम्वाङको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न ११ सदस्यीय आयोजक समिति गठन भएको छ भने सल्लाहकारमा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी पनि रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
400
सम्बन्धित

लोकप्रिय

लोकप्रिय