काङ्ग्रेस महामन्त्री शर्माले नेविसंघ झापाको कार्यसमिति भंग गराएको बिद्यार्थी नेताको आरोप

Share :

बिर्तामोड । नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको एक पक्षले काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई झापाको पार्टी कार्यालयमा छिर्न नदिने चेतावनी दिएको छ । विद्यार्थीहरुले शर्माले नेविसंघको जिल्ला कार्यसमिति भंग गराएको आरोप लगाउँदै क्षमायचना नगरेसम्म पार्टी कार्यालय छिर्न नदिने संघका नेताहरुले बताएका हुन् ।

बुधबार नेविसंघ झापाको विस्तारित समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेविसंघ झापाका सभापति संजय निरौलाको सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा निवर्तमान जिल्ला सभापति राजेन्द्र उप्रेतीको उपस्थिति थियो ।


कार्यक्रममा बोल्दै नेविसंघ झापाका निवर्तमान जिल्ला सचिव पोषराज कटुवालले नेविसंघ झापाको कार्यसमिति काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भंग गराए आरोप लगाए । उनले कार्यसमिति भंग गरेको भन्दै क्षमायचना नगरी विश्वप्रकाश शर्मालाई जिल्ला पार्टी कार्यलय बिर्तामोडमा प्रवेश गरेर देखाउन चुनौती दिएका छन् । साथै, नेविसंघ झापाको क्रियाकलापमा हस्तक्षेप नगर्न समेत चेतावनी दिए ।

निवर्तमान सभापती राजेन्द्र उप्रेतीले नेविसंघका ६५ जिल्लामा पत्र पठाएर अध्यक्ष नियुक्त गरिएको तर झापामा केन्द्रीय प्रतिनिधि खटाइएकोमा आपत्ति व्यक्त गरे । साथै महामन्त्री शर्माले नेविसंघ भित्रको राजनीतिमा हस्तक्षेप गरेर विद्यार्थीहरुलाई हतोत्साही गर्ने र विद्यार्थीहरुको भावना उपर खेलवाड गरेको आरोप लगाएका छन् । सदस्य तथा पदाधिकारीहरुलाई सभापति संजय निरौलाले सपथग्रहण गराएका थिए । लफैडा लफडाको नेविसंघ झापा तनाबग्रस्त देखिएको छ । झापामा आइतबार मनोनित भएको नेविसंघको कार्यसमिति केन्द्रले सोमबार नै भंग गरिदिएको थियो ।

लामो समयदेखि विवादित नेविसंघको जिल्ला समितिले आइतबार नेविसंघका जिल्ला सभापती सञ्जय निरौलाले विज्ञप्ति सार्वजनिक गर्दै अन्य पदाधिकारी र सदस्यहरु मनोनित गरेका थिए । सभापती निरौलाले पाँच जना उपसभापती, तीन जना सचिव, चार जना सहसचिव, एक जना कोषाध्यक्ष, एक जना प्रवक्ता र ४६ जना सदस्यहरु मनोनित गरेका थिए ।

सोमबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकाल्दै आइतबार जिल्ला सभापतीले मनोनित गरेको सम्पूर्ण समिति भंग भएको जानकारी दिएका थिए । सहमती विपरित भएकाले भंग गरेको जनाएको थियो । बुधबार नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा सपथग्रहण गर्ने समितिलाई सोमबार नै नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले भंग गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय