बिर्तामोडमा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु

Share :

झापा । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो ।

एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिम उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले विषयगत ज्ञान बढाउनु पर्नेमा जोड दिनु भयो । सहभागीलाई तालिममा समर्पित भएर सिक्न आग्रह गर्दै उहाँले आ–आफ्नो ठाउँबाट सबैले चेतना स्तरलाई पनि बढाएर लैजानु पर्ने बताउनु भयो ।

चैत्र २७ गतेसम्म सञ्चालन हुने यस तालिममा बिर्तामोड नगरपालिकामा दर्ता तथा सूचिकृत भएका सामाजिक संघ संस्थाका ३० जना प्रतिनिधि सहभागी छन् । सामुदायिक अध्ययन केन्द्रको संयोजनमा सुरु भएको तालिममा नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहाल, प्राध्यापक तथा गैर सरकारी संस्था महासंघका झापा सचिव विजय तिम्सिना लगायतले प्रशिक्षण प्रदान गर्नु हुने छ ।


सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, विराट बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, कार्यकारी प्रमुख रुद्र सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य अर्जुन पाठकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय