एसइई परिक्षा आजबाट सुरु

Share :

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरू हुँदैछ ।

परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । शुक्रबार नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।


एसईई परिक्षामा सहभागि हुन देशभरका ५ लाख १६ हजार ५ सय ९१ जनाले कक्षा १० को रजिष्ट्रेशन फारम भरेका छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार नौ सय ५९ र सबभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालयका विद्यार्थीहरू एसईईमा सहभागी हुँदैछन् ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस बर्षको परीक्षामा झापाका १५ हजार ८ सय ५८ परीक्षार्थीले परीक्षा लेख्दैछन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय