पाउ पाथीभरा धाममा पुराणमा भक्तजनहरुको उत्सहाजनक उपस्थिती

Share :

झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा सुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे उत्सहाजनक उपस्थिती देखिएको छ । यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुदैछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेका छन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदघाटन गर्नु भएको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजन आफै उत्सहा साथ आउँने गर्नु भएको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिनुभयो ।

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिदै आएको छ । करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको पुराणमा हिजो शनिवार मात्रै पन्ध्र हजार बढी भक्तजनले दर्शन गरेको गिरीले बताउनुभयो ।


पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गरिएको हो । पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ ।

धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउनु भएका त्यस्ता महानुभावहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय