अर्जुनधारालाई स्तब्ध पार्दै बाह्रदशीको विजयी सरुवात

Share :

बिर्तामोड । बाह्रदशी गाउँपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा विजयी सरुवात गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आजबाट सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको हो ।


बाह्रदशीकालागि पहिलो हाफको तेस्रो मिनेटमा टिम कप्तान प्रदिप श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ९ औं मिनेटमा सन्त कुमार श्रेष्ठले बाह्रदशीकालागि दोस्रो गोल गरे । बाह्रदशीकालागि खेलको इन्जुरी टाइममा कैलाश डोमले तेस्रो गोल गरेका थिए ।

खेलमा अर्जुनधाराको कर्मचारीको टिमले भने कुनै पनि गोल गर्न सकेन । पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको अर्जुनधाराले दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेपनि गोल स्कोर भने गर्न सकेन् ।

खेलमा बाह्रदशीकालागि तेस्रो गोल गर्ने कैलाश डोम ‘म्या आफ दि म्याच’ चुनीए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई पूर्वकर्मचारी तथा सामाजिव व्यक्तित्व देवराज कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

विर्तामोड नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

प्रतियोगिता अन्तर्गत भोलि शनिबार ५ वटा खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय