ओडिआई वरियतामा नेपाली क्रिकेटको एक स्थान सुधार

Share :

झापा । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औँ स्थानमा उक्लिएको छ । नेपालले ओमानलाईपछि पार्दै एक स्थान उक्लिएको हो ।


आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेपछि एक महिनामा नेपालले ओडिआई वरियतामा ठुलो छलाङ मारेको हो ।


पछिल्ला १२ खेलअघि नेपाल १९ औँ स्थानमा थियो । त्यसपछि नेपाल १७ औँ, १६ औँ हुँदै १५ औँ स्थानमा उक्लिएको छ । नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, युएई १९ औँ र पपुवा न्युगिनी २० औँ स्थानमा छन् । नेपालभन्दा अघि नेदरल्यान्ड्स १४ औँ, जिम्बावे १३ औँ र स्कटल्यान्ड १२ औँ स्थानमा छ ।

भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन् । त्यस्तै, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्टइन्डिज नवौँ, अफगानिस्तान दसौँ र आयरल्यान्ड ११ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय