सभामुख घिमिरे गृह जिल्ला झापामा, के के छन् कार्यक्रम ?

Share :

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे गृह जिल्लामा आयोजना भएका बिभिन्न कार्यक्रममा सहभागी हुन झापा आउनु भएको छ ।

घिमिरेले आज दिउँसो १ बजे मेचीनगर १३ चारआलीस्थित पाउँ पाथीभरा धाममा आयोजित भागवत पुराणको उद्घाटन गर्नुहुने कार्यतालिका रहेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै सभामुख घिमिरेले दिउँसो २ः३० बजे झापा क्षेत्र नं. २ को सांसद सम्पर्क कार्यालय उदघाटन गर्नुहुने कार्यतालिका छ ।


त्यस बाहेकका अन्य बिभिन्न कार्यक्रममा समेत सभामुखले सहभागिता जनाउनु हुने प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

बिहान ८ः४५ बजे भद्रपुर विमानस्थल अवतरण गर्नुभएका सभामुख घिमिरे आजै साँझ ७ः१० बजे विराटनगरबाट काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद बन्नुभएका मिघिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएपछि तेस्रो पटक गृह जिल्ला भ्रमणमा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय