उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

Share :

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो ।

दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ ।  चितवन क्षेत्र नं. २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।


आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय