उपराष्ट्रपति चयनका लागि निर्वाचन आज, १० बजेदेखि मतदान हुँदै

Share :

काठमाडौं । तेस्रो उपराष्ट्रपति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ ।

उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ जना मतदाता रहेका छन् ।

मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुनेछ ।


उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।

निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित हुनुभएको थियो । दोस्रो र तेस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय